उमेर बाउ छोरीको, तर नाता श्रीमान श्रीमती भएका बलिउडका ७ जोडी [तस्बिरहरू]

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेता मिलिन्द सोमण गर्लफ्रेन्ड अङ्किता कंवरसँग केहि पहिला विवाह बन्धनमा बाँधिए ।

५२ वर्षीया मिलिन्दले २७ वर्षकी अङ्कितासँग जोडी बाँधेका हुन् । मिलिन्दले आफूभन्दा २५ वर्षले कान्छी अङ्कितनासँग विवाह गरेका हुन् ।

उमेरमा धेरै अन्तर देखिएको यो बलिउडको पहिलो जोडी भने होइन । बलिउडमा अन्य धेरै स्टार छन्, जसको रियल जोडीको उमेर धेरै अन्तर देख्न पाइन्छ ।

सैफले आफूभन्दा १२ वर्षले जेठी अमृतासँग पहिलो विवाह गरेका थिए । १९९१ मा भएको विवाह २००४ मा टुट्यो । अमृताको तर्फबाट एक छोरी सारा र एक छोरा इब्राहिम रहेका छन् । सैफले १०१२ मा करिना कपुरसँग दोस्रो विवाह गरे । करिना र सैफको उमेर अन्तार १२ वर्ष रहेको छ ।

धमेन्द्रले पहिलो विवाह प्रकाश कौरसँग गरेका थिए । उनले धर्म परिवर्तन गरेर हेमासँग विवाह गरे । १९८० मा उनले हेमासँग विवाह गरेका थिए । विवाहको समय यी दुवैको उमेर अन्तर १३ वर्ष थियो । पहिलो पत्नीबाट उनको दुई छोरा सन्नी र बब्बी देओल र दुई छोरी विजेता र अजिता रहेका छन् भने हेमाबाट २ छोरी ईशा र अहाना छन् ।

साहिदले २०१५ मा मिरासँग विवाह गरेका थिए । दुवैको एकछोरी मिसा छिन् । मिरा उमेरले साहिद भन्दा १३ वर्षले कान्छी रहेकी छन् ।

यी दुवैको विवाह २०१२ मा भएको थियो । ९ वर्षको उमेर अन्तर रहेको यो जोडीको दुई बच्चा रहेका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button