त्रिवि शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रणका लागि टेन्डर आह्वान

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रणका लागि टेन्डर आह्वान गरेको छ । अस्पताले शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै बोलपत्र आह्वान गरेको हो ।

अस्पतालका विभिन्न विभाग, शाखा, वार्ड, ओपीडी युनिटलगायत अस्पताल परिसरभित्रका अन्य स्थानमा मुसा, उडुस, उपियाँ, साङ्लालगायत नियन्त्रण गर्नुपर्ने भएकाले टेन्डर आह्वान गरिएको अस्पतालको सूचनामा उल्लेख छ ।

इच्छुक दर्तावाला फर्महरुलाई मासिक रुपमा के कति दररेटमा उक्त कार्य गर्न सक्ने हो सो गोप्य सिलबन्दीसहित १५ दिनभित्र अस्पतालमा बोलपत्र बुझाउन पनि अस्पतालले आह्वान गरेको छ ।

अस्पतालले उडुस, उपियाँ, साङ्ला नियन्त्रण अस्पतालको नियमित प्रक्रिया भएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button