जग्गा किन्न गएका नेपाली सेनाको गोली हानी हत्या

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । भरतपुर महानगरपालिका–१७ सिमलडाँडा घोलमा गोली हानी एक जनाको हत्या गरिएको छ । धादिङको निलकण्ठ नगरपालिका घर भएको ३६ बर्षीय भरत गुरुङको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

गुरुङ शिवपुरी राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत् नेपाली सेनाका हुद्दा रहेको चितवन प्रहरीले पुष्टि गरेको छ । धादिङको निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय गुरुङ हत्याको विषयमा थप अनुसन्धान भइरहेका चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार शवको नजिकै एक थान गोलीको खोका भेटिएको थियो । ‘मृतकको टाउकोमा गोली लागेको छ । गुरुङ जग्गा किन्नको लागि चितवन आएको बुझिन्छ ।

उनी बुधबार दिउँसो १ देखि २ बजेको समयमा आफन्तको घरबाट साथीसँग जान्छु भन्दै निस्केका आफन्तले बताएका छन् । उनको झोला केही नगद तथा चेकसहित आफन्तको घरमा पाइएको थियो ।

थापाका अनुसार शवको नजिकै एक थान गोलीको खोका भेटिएको थियो । ‘मृतकको टाउकोमा गोली लागेको छ । गुरुङ जग्गा किन्नको लागि चितवन आएको बुझिन्छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button