Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एमाले नेता भीम रावल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला पेरिसडाँडा पुगे। रावल पेरिसडाँडास्थित माओवादी कार्यालयमा बिहान ९ः३० बजे पुगेका हुन । माओवादी केन्द्रको स्थायी समिति बैठक ९ बजेबाट सुरु भएको थियो । ९ः३० बजे रावल माओवादी केन्द्रको बैठकमा सामेल भएका थिए ।माओवादी केन्द्रको बैठकमा रावलले के संवाद गरे भन्ने विषय बाहिर आएको छैन । रावल १० बजे पेरिसडाँडा बाट बाहिरिएका थिए ।

 

उनले अन्दाजी आधा घण्टा माओवादी केन्द्रको बैठकमा बिताएका हुन । पेरिसडाँडाबाट बाहिरिँदै गर्दा रावलले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिएनन । उनले पेरिसडाँडामा के के कुरा राखे भन्ने बाहिरिएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button