म्यानमारमा सैन्य कू विरुद्ध भएको पछिल्लो प्रदर्शनमा १८ जनाको मृत्यु भएको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१७ फागुन २०७७ म्यानमार । म्यानमारमा सैन्य कू विरुद्ध भएको पछिल्लो प्रदर्शनमा १८ जनाको मृत्यु भएको छ।

आइतबारको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर एकै दिन १८ जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

संयुक्त राष्ट्र संघको मानवअधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये अहिलेसम्मकै घातक दिन भनेका छन्।

सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेको बताइएको छ । गएको फेब्रुअरी १ तारिखमा सेनाले सत्ता कब्जा गरेसँगै त्यहाँ सैन्य कूविरुद्ध शान्तिपूर्ण प्रदर्शन भइरहेका छन् ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button