Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कर्णाली२४-माघ १५
२०७७ माघ १२ गते, दाङ्गको सिसहनिया र गढवा जोड्ने नेपालको दोश्रो लामो पुलको उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रमको समयमा पुलमा राखिएको नेपालको झण्डा उल्टो गरी झुण्डाएको पाईयो र त्यही उल्टो झण्डाको मुनि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको दोश्रो लामो पुलको उद्घाटन गरेका थिए । त्यसै बारेमा त्यहाँको आमजन्तााहरुले ओलीको यो कार्य प्रति निन्दा गरेका छन्। कार्यक्रमको उद्घाटन तयारी देखि कार्यक्रम अन्त सम्म पनि नेकपा ओली समुहका कार्यकर्ताले झण्डाको बारेमा ख्याल नगरेको गुनासो त्यहाँका स्थानीय युवाहरुले राखेका छन्।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विभिन्न स्थानमा देश भक्तिको भाषण दिंदै हिडिरहेकाे बेला आफ्नै कार्यकर्ताले भने नेपालको झण्डा उल्टो हुँदा पनि कत्ति पनि ख्याल नराखी उल्टै झण्डालाई प्रयोग गरेर अपमान गरेको युवाहरु आक्रोशित हुँदै बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button