६ जना स्कुले बालबालिकाले शक्तिशाली बम बनाए लगत्तै प्रहरीद्धारा पक्राउ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हङकङमा ६ जना स्कुले बालबालिकासहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा पक्राउ परेका छन् ।

उनीहरुमाथि प्रहरीले आतंकवादी अभियोगमा पक्राउ गरेको मंगलबार घोषणा गरेको छ । उनीहरुलाई प्रहरीले सोमबार नै पक्राउ गरेको थियो । जसमध्ये ५ जना पुरुष र ४ महिला १५ देखि ३९ वर्ष समूहका छन् । प्रहरीका अनुसार उनीहरुले यस विस्फोटक पदार्थ बनाएर आतंकवादी गतिविधिका लागि षड्यन्त्र गरिरहेका थिए ।

“हिजो हामीले गरेको अपरेशन ती गिरोहहरुविरुद्ध थियो, जसले होस्टेलभित्रै घरेलु ल्याबमा विस्फोट पदार्थ बनाइरहेका थिए,” वरिष्ठ प्रहरी निरीक्षक स्टेभ ली ले बताए ।

प्रहरीका अनुसार यस समूहका ९ जना स्वतन्त्रता समूहका सदस्य समेत थिए । र ६ जना चाहिँ १९ वर्षमुनिका थिए । साथै ३ जना वयस्क थिए । जो स्थानीय विश्वविद्यालयमा कार्यरत थिए ।

उनीहरुले यस विस्फोटक पदार्थ बनाएर रेल वे नेटवर्क, अदालत लगायत सार्वजनिक सम्पत्तिका संरचनामाथि हमला गर्ने योजना बनाइरहेको समेत प्रहरीको आरोप छ ।

हङकङमा २०१९ मा ६ महिना भन्दा लामो समयसम्म चलेको प्रजातन्त्रवादीहरुको विशाल प्रदर्शनसँगै पछिल्लो समय ठूलो मात्रामा सरकार विरोधी भावना पैदा हुँदैआएको छ । पछिल्लो समय ठूलो संख्यामा मानिसहरु पक्राउ पर्न थालेका पनि छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button