५ लाखमा हुने उपचार झलनाथले ८१ लाख सिध्याए यसमा तपाई के भन्नुहुन्छ??

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा ५ देखि १० लाखमा हुँदै आएको मिर्गौला प्रत्यारोपण पूर्व प्रधानमन्त्री झलनाथ खनालका लागि ८१ लाख रुपैयाँ लागेको तथ्य फेला परेको छ । भारतस्थित अपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गराएका झलनाथ खनालले राज्यलाई ८१ लाखको बिल तिराउन लगाएका छन् । उनले कानुनविपरीत राज्य कोषबाट उक्त रकम पाएका हुन् ।

धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रेमराज ज्ञवालीकाअनुसार नेपालमा मिर्गौलाका शल्यक्रिया गर्न ५० हजार रुपैयाँ लाग्ने गरेको छ । बेडलगायतका अन्य खर्च जोड्दा ५र६ लाखमा पुरै बिरामीलाई निको पारेर घर पठाउन सकिने उनको भनाई छ । भारतमा पनि बढीमा २० लाख भारूमा मिर्गौला प्रत्यारोपण हुने ज्ञवालीको दाबी छ ।

पूर्व प्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण ८१ लागेको कुरामा परराष्ट्र मन्त्रालयका अधिकारी नै आश्चर्यमा परेक छन् । ती अधिकारीकाअनुसार खनालले ‘फाइभ स्टार’ सुविधा उपभोग गरेको र धेरै मान्छे लगेकाले राज्यलाई अनावश्यक भार पर्न गएको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button