५५ वर्षिय काकाले ६ बर्षिया बालिकालाई बलत्कार।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

व्यास ९ मा एक आश्चर्यजनक बलात्कारको घटना सार्वजनिक भएको छ । छ वर्षीया बालिका बालात्कारको गरेको आरोपमा ५६ वर्षीय उनकै काका पक्राउ परे पछि घटना सार्वजनिक भएको हो । घटना गत असार ६ गतेको हो। ती पुरुषले आफ्नै भाइकी छोरी बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आमा खेतमा गएका बेला ती पुरुषले भतिजीमाथि बलात्कार गरेका थिए ।

बालिकाका बुवा भने काठमाडौंमा छन् । घरमा कोही नभएको मौका छोपी ती पुरुषले बलात्कार गरेको खुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए । घटना भएकै दिन साँझ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

बालिकाको भने केही दिनअघि दमौलीमा उपचार गरिएको छ । व्यास ९ का वडाध्यक्ष सुरेश थापाले घटना सुनेपछि निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई सघाएको बताए । ‘यस्तो घटनामा कोही कसैको पनि दबाब रहँदैन,’ उनले भने,‘अनुसन्धानमा प्रहरीलाई सघाएका छौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button