३६ हजार नहुंदा दृष्टिविहीन परिवार प्लास्टिले पानी तर्काउंदै(भिडियो रिपोर्ट )

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्षितिज /शारीरिक रुपमा दुवै जनाले आँखा नदेख्ने दृष्टिविहीन जाेडि हुन् लक्षिराम थारु र उनकाे श्रीमती प्रमिला चाैधरी। ३५ बर्षिय लक्षिराम र २८ बर्षिय प्रमिला प्राय: मागेरै गुजारा चलाउने गर्नेछन्। ३६ हजार रुपैयाँ नभएको कारण बिगत १ बर्ष देखि प्लास्टिकले बारेको झुपडीमा बस्न बाध्य छन्।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर १ मा बसाेबास गर्दै आएका उनिहरुले मागेर गुजारा चलाउै सरकारले दिने भत्ता बचत गरि दुई काेठाकाे घर बनाए तर छाउनकाे लागि जस्ता किन्ने पैसा नहुंदा विगत ६ महिना देखि बन्दै गरेकाे घर अधुरै रह्ययाे लक्षिरामले बताए।

हाल बस्दै आएका पलास्टिकाे झुपडीमा पनि वरिपरि बढेको झाडिले गर्दा सर्पको डर र पानी पर्दा सवै चुहिने भएकोले सार्हैन कष्टकर जीवन विताउनु परेको प्रमिला सुनाउछिन्।

आफ्नो बन्दै गरेकाे घर क्षमताले भ्याए सम्म बनाएका उनी श्रीमती बिरामी परिरहने र एम्बुलेन्स नै बाेलाएर उपचार गराईरहनु पर्दा झन आर्थिक समस्या झेल्नुपरेको पीडा पाेख्छन्।

उता बर्खे झरि लगातार परिरहेकोले झुपडीकाे प्लास्टिले नधान्दा पानी चुहेर समस्या छ।  छाउन मात्र बांकी रहेको घरमा जस्ता किन्न र मिस्तिरीलाई जेला समेत गर्दा ३६ हजार पैसा जुटाउन नस्कदा थप चिन्तामा छन् उनी।

आफू अत्यन्तै अफ्ठ्याराेमा परेकाेले वडा नंम्बर १ काे वडा अध्यक्ष प्रताप कुमार गाैतम संग सहयोगकाे अनुरोध गर्दा वडाले नसक्ने भनी गाउँपालीकामा सिफारिस गरिदिएकाे वताए।

गाउँपालिका प्रमुख मुक्तिनाथ यादवले ६-७ महिना पछि आवास कार्यक्रम अन्तरगत सहायता गराैला भन्ने माैखिक जवाफले आफुलाई निराश तुल्याएको उनले बताए। पूरा भिडियो पनि हेर्नुस्  । भिडियो : हरि बिक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button