३१ सांसदसहित मुख्यमन्त्री दावी, दिपक मनाङे पनि उपस्थित।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसद सहित पुगेका हुन् ।

मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन्। गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका छन्। मुख्यमन्त्री गुरुङले प्रदेश सभा नै भंग गर्न लागेको भन्दै उनले सभा जोगाउन आफूले विपक्षीलाई सहयोग गर्ने घोषणा गरेका थिए।

नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राजमोले समर्थन गरेका छन्। ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्राय: निश्चित छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button