२९ यात्रुसहित उडेको विमान सम्पर्क विहिन।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुसको सुदूर पूर्वी क्षेत्र काम्चात्काबाट २९ यात्रुसहित उडेको विमान सम्पर्क विच्छेद हुँदा विमानमा सवार सबै यात्रुको अवस्था अज्ञात छ ।

विमानमा ६ जना चालक दलका सदस्य सहित २३ यात्रु थिए । विमान कामचात्काको मुख्य सहर पेत्रोपाभ्लोस्कबाट मंगलबार पालाना सहरका लागि उडेको थियो । तर पूर्वतालिका अनुसार निर्धारित समयमा विमान अवतरण गर्न नसकेर गायव भएपछि दुर्घटना भएको हुनसक्ने स्थानीय मिडियाले जनाएका छन् ।

विमानको खोजी र उद्वारको लागि सरकारी सुरक्षाकर्मीको टोली खटाइएको बताइएको छ । हालसम्मको सूचनाका आधारमा उक्त विमान कुनै पनि स्थानमा अवतरण नभएको अधिकारीहरुले बताएका छन् ।

२३ यात्रुमध्ये एक वा दुई बालबालिका समेत रहेको बताइएको छ । घण्टौँसम्म विमानको अवस्था अज्ञात नै रहेपछि सरकारले दुई वटा हेलिकप्टरमा खोजी तथा उद्वार टोली खटाएको छ ।

कुनै बेला विमान दुर्घटनाका लागि चिनिने रुसले पछिल्लो समय हवाइ यातायात सुरक्षामा सुधार ल्याएको छ । तर विमानको कमजोर मर्मत विधि र सुरक्षा मापदण्डका कारण पछिल्ला वर्षमा रुसले ठूला विमान दुर्घटनाको सामना गर्नु परेको छ ।

२०१९ को मे महिनामा रुसमा विमान दुर्घटना हुँदा ४१ जनाको ज्यान गएको थियो । यस्तै २०१८ को फेब्रुअरीमा मस्को नजिकै भएको दुर्घटनामा ७१ यात्रुको मृत्यु भएको थियो । तर ती दुर्घटनाका कारणबारे गरिएका अनुसन्धानले मानवीय त्रुटी मुख्य कारण भएको औँल्याएका थिए ।

यस्तै २०१९ को अगस्टमा पनि रुसमा २३० यात्रु बोकेको विमानले आपतकालीन अवतरण गर्नु परेको थियो । साथै २०२० को फेब्रुअरीमा १०० यात्रु बोकेको बोइङ ७३७ विमानले अवतरणको क्रममा सानो दुर्घटना भोगेको थियो । जहाँ मानवीय क्षति भने भएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button