२३ सांसदको हस्ताक्षरले ओलीलाई छटपटी, २ दिनभित्र फिर्ता लिन अल्टिमेटम

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१८ असार । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा २३ सांसदको हस्ताक्षरको विषयले निकै चासो पाएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर २३ सांसदसहित १४६ जनाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट दायर गरेका छन् । रिटमाथि सुनुवाई चलिरहेको छ ।

आज एमाले महासचिव ईश्वर पोखरेलले दुई दिने अल्टिमेटम दिएर हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् । उनले बैठकमा प्रस्ताव पेस गर्दै देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन २ दिन समय दिएको बताए ।

यता माधव नेपालले भने कुनै हालतमा हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन् । उनले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनका लागि लिएको अन्तवार्तामा बरु राजनीतिबाट सन्यास लिने तर हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button