२१ तले अपार्टमेन्ट भत्किँदा १ सयभन्दा धेरै मानिसहरू पुरिए

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लागोस — नाइजेरियाको लागोसस्थित २१ तले भवन भत्किँदा १ सयभन्दा धेरै मानिसहरू त्यसभित्र पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ । अपार्टमेन्टका लागि बनेको उक्त भवन भत्किँदा त्यसभित्र कतिजना थिए भन्ने यकिन भएको छैन ।

 

“दिउँसो ३ बजेपछि म आफ्नो अपार्टमेन्टबाट बाहिर जाँदै गर्दा यो त भूकम्प नै हो कि जस्तो लाग्यो मलाई । भवन हल्लिएको थियो । र त्यहाँ केही नरम्रो भएजस्तो लाग्यो,” स्थानीय प्रत्यक्षदर्शीमध्येका एक ओलु अपटाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम समक्ष प्रतिक्रिया दिएका छन् ।

यस्तै भवन निर्माणमा संलग्न एक स्थानीय कामदार एरिक टेटेहले एपीसँग भनेका छन्, “म र मेरो दाई त्यहाँबाट भाग्यौँ । तर अरु धेरै मानिस । १ सय भन्दा धेरै मानिस त्यहाँभित्रै थिए ।”

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button