१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने लक्की पक्राउ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिला गाउँपालिका–३ बस्ने २१ वर्षीय लक्की बुढालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

लक्की र सोही गाउँपालिका खलंगा बजार बस्ने मुकेश महतले जेठ ११ गते किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी कुडारीबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये लक्कीलाई पक्राउ गरेको जनाएको छ । लक्कीलाई जिल्ला प्रहरी कार्यालयतर्फ लैजाने क्रममा तिला गाउँपालिका ३ र ४ जोडने त्रिवेणीस्थित तिला नदीको झुल्लुङ्गे पुल तर्ने क्रममा पुलबाट हाम फालेर घाइते भएकोले उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगेको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button