होटलको छतमा फसेका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्वार

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, असार २। मेलम्चीको होटल रोजको छतमा फसेका दुईजना युवाको सकुशल उद्वार गरिएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरले फसेका दुई जनाको उद्वार गरेको हो । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका थिए ।

बाढीले उक्त होटलको छतमात्र देखिन थालेको थियो । साथै, बाढीले होटलको वरिपरि घेरेको थियो । सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button