हिलो बाटोमा खाली खुट्टासहित चप्पल बोकेर कार्यकर्ता भेटघाट

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुरा भट्टराई ‘जुत्ता खियाउने’ अभियानमा जुटेका छन् । उनी अहिले उक्त अभियान लिएर लमजुङतिर व्यस्त रहेका छन् ।

डा. भट्टराईले ट्विमार्फत् आफू अहिले जुत्ता अभियान चलाउन हिलो बाटोमा खाली खुट्टासहित चप्पल बोकेर हिँडेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जसपाको ‘सुज’ अर्थात् ‘जुत्ता खियाउने’ अभियानको क्रममा लमजुंगको गाउॅशहर नजिक रात्रिपख हिले बाटोमा ‘चप्पल’ वा ‘खालीखुट्टा’ सहित हिंड्दै ।’

पार्टी सुदृढीकरण अभियानलाई उनले ‘जुत्ता खियाउने अभियान’ भनेर ठट्ट्यौली भाषामा भनेका छन् । अहिले उनी लमजुङबाट उक्त अभियानमा सहभागी भएर पोखरामा झरेका छन् ।

पोखरामा आएपछि उनले लेखेका छन्,‘पोखरामा जसपा कास्की जिल्लास्तरीय सुज अभियानको अभिमुखीकरण उत्साहपूर्ण रूपमा सम्पन्न ! देशलाई पुॅजीवाद र साम्यवाद पक्षधर पार्टीहरूको कुशासनबाट मुक्त गर्न संघीयता,सुशासन, समृद्धि र समाजवादप्रति प्रतिबद्ध वैकल्पिक शक्ति निर्माण गर्ने अठोट!

पछिल्लो समय अमेरिका सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (सीसीएमसी) नेपालमा भित्राएर समृद्ध नेपाल बनाउनुपर्ने आवाज उठाउदै आएका छन् ।

तर, उनको उक्त धारणाप्रति धेरैले विरोध जनाइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button