‘हिन्दु राष्ट्र’को पक्ष/विपक्षमा ध्रुवीकरण बढ्दै

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १६ जेठ । नेपालको राजनीतिमा धर्म मुख्य मुद्दाका रुपमा विकास भएको छ । नेताहरु नै यसबारे राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा बहस गर्न थालेका छन् ।

हिन्दुराष्ट्रको पक्षमा अहिलेसम्म मुख्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि खुलेको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका केही नेताहरुमात्र खुलेरै हिन्दु राष्ट्रको पक्षमा देखिएका छन् । तर, घटना यसरी विकास हुँदै गएको छ कि देश अब हिन्दु राष्ट्रको पक्ष विपक्षमा ध्रुवीकृत हुँदै गएको छ ।

हिन्दु राष्ट्र ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको सत्तारुढ भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघसँग प्रतिवद्धता जनाइसकेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय पत्रिकामा लेखमार्फत् उल्लेख गरेका छन् । उनले रासस र विश्व हिन्दु परिषद्को चर्को आलोचना समेत गरे ।

यता प्रधानमन्त्री ओलीले बजेटमा पशुपतिनाथका लागि ३५ करोड विनियोजन गरे । अयोध्यापुरीमा राममन्दिर निर्माणका लागि पनि बजेट विनियोजन गरेका छन् । ओलीले पछिल्लो समय हिन्दुत्वको मुद्दालाई जोडतोडले उठाइरहेका छन् ।

ओलीसँग जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नजिकिएका छन् । ठाकुर पछिल्लो समय गेरुवस्त्रमा बढी देखिन्छन् । राजेन्द्र महतो पनि हिन्दुत्वको मुद्दासँग सहमत छन् ।

जसपाको उपेन्द्र यादव पक्ष भने हिन्दुराष्ट्रको विपक्षमा छ । जसपामा बाबुराम भट्टराई, अशोक राईलगायत नेताहरु धर्मनीरपेक्ष बचाउनुपर्ने पक्षमा छन् ।

नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा धर्मको मुद्दामा खुलेका छैनन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतका नेताहरु धर्मनीरपेक्षकै पक्षमा छन् ।

प्रकाशमान सिंह धर्मको मुद्दामा मौन देखिएका छन् । डा.शेखर कोइराला, डा. शशांक कोइराला, शंकर भण्डारीलगायतका नेताहरु हिन्दुराष्ट्रको पक्षमा देखिएका छन् । विमलेन्द्र निधि धर्म नीरपेक्षको पक्षमा छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धर्मबारे खुलेका छैनन् । यद्यपि, उनका अभिव्यक्तिहरु हिन्दुत्वको पक्षमा देखिन्छ । सुभाषचन्द्र नेम्वाङ धर्मनीरपेक्षको पक्षधर हुन् । तर, उनी पछिल्लो समय धर्मबारे बोल्न छाडेका छन् ।

नेकपा माओवादी केन्द्र धर्मनीरपेक्षताको पक्षमा छ । अध्यक्ष प्रचण्डले खुलेरै धर्मनीरपेक्षमाथि प्रहार गर्न खोजिएको बताउँदै आएका छन् ।

राजनीतिमा धर्मको मुद्दाले जर्बजस्त प्रभाव बनाउँदै जाँदा अब हुने चुनावको मुख्य मुद्दा नै बन्न सक्ने सम्भावना पनि छ । यसैतर्फ दल र नेताहरु ध्रुवीकृत हुन थालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button