स्याङ्जा जिल्लाको बजेट गतबर्षको भन्दा ४० करोड ५४ लाख बढी।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आर्थिक वर्षका २०७८/७९ का लागि स्याङ्जालाई ४ अर्व ३४ करोड ७६ लाख बजेट परेको छ।

सरकारद्वारा शनिबार सार्वजनिक बजेट अनुरुप यहाँका ११ वटै पालिकामा गरी ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको हो।

जिल्लाका ५ नगरपालिकालाई २ अर्ब ५१ करोड २१ लाख र ६ वटा गाउँपालिकाका लागि १ अर्ब ८३ करोड ५५ लाख विनियोजन भएको छ।

नगरपालिकामा सबैभन्दा बढी पुतली बजारलार्ई ५८ करोड ६४ लाख छ भने सबैभन्दा कम भीरकोट ३८ करोड ५१ लाख छ।

यसैगरी, वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख, गल्याङलाई ५३ करोड ७९ लाख, चापाकोटलाई ४२ करोड ६० लाख  र विनियोजन गरिएको हो।

गाउँपालिकामा सबैभन्दा धेरै कालीगण्डकीलाई ३५ करोड ६५ लाख र सबैभन्दा कम फेदीखोलालाई २४ करोड ३७ लाख छ।

यस्तै, अर्जुन चौपारीलाई २७ करोड ६४ लाख, आँधीखोलालाई ३३ करोड ७८ लाख, विरुवालाई ३१ करोड ५ लाख, हरिनासलाई ३१ करोड ६ लाख बजेट उपलब्ध भएको हो।
विनियोजित रकम मध्ये समानीकरण अनुदानमा १ अर्व १९ करोड ३० लाख रहेको छ। सशर्त अनुदानतर्फ २ अर्व ८७ करोड ५८ लाख, समपूरक अनुदान १३ करोड ७१ लाख र विशेष अनुदान १४ करोड १७ रहेको अर्थमन्त्रालय वेबसाइटमा उल्लेख छ।

विनियोजित रकम गतबर्षको भन्दा भन्दा ४० करोड ५४ लाख बढी हो। गतबर्ष समग्र स्याङजाको बजेट ३ अर्व ९४ करोड २२ लाख थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button