सेनाको व्यवस्थापनमा चाटर्ड विमानबाट किन आए १४ चिनियाँ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ११ असार । बुधबार चाटर्ड विमानबाट १४ जना चिनियाँ नेपाल आए । कोरोना भाइरसको संक्रमणले देशमा निषेधाज्ञा जारी भइरहँदा चीनसँगको हवाई उडान स्थगित भएकाले १४ चिनियाँ चाटर्ड विमानबाट नै ल्याइए ।

नेपाली सेनाको व्यवस्थापनमा चिनियाँ टोली ग्वाङजाओबाट चाटर्ड विमानबाट काठमाडौं उत्रिएको थियो । उनीहरु सुरुङसम्बन्धी विज्ञ रहेको बुझिएको छ ।

चाटर्ड विमानबाट सेनाले व्यवस्थापन गरेर ल्याएकामा काठमाडौं तराई द्रुत मार्ग (फाष्ट ट्रयाक) को ठेक्का पाएको चाइना पोली चाङ्डा इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रोजेक्ट म्यानेजर पनि छन् । अब उनीहरु यसै हप्ता फाष्ट ट्रयाक निर्माण क्षेत्र पुग्ने बुझिएको छ ।

१४ जनाको टोली सुरुङ, पुल र बाटोको डिजाइनका लागि खटिनेछन् । छ महिनाभित्र डिजाइनको काम सक्ने लक्ष्य लिएर टोली काठमाडौं आएको हो ।

नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग फाष्ट ट्रयाक निर्माणको ठेक्का सम्झौता गरिसकेको छ । जसमध्ये पोलि चाङ्डाले पाएको ठेक्का २१ अर्ब ३ करोड रुपैयाँको छ । अर्को चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पनि ठेक्का पाएको छ ।

ठेक्का प्रक्रियामध्ये एउटा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रतिष्पर्धाविहिन बनाइएको भन्दै रद्द गर्न निर्देशन दिएपनि सेनाले बढाएको थियो । यसकारण यो ठेक्का विवादमुक्त हुन सकेन । अर्को ठेक्का प्रक्रियामा पनि प्रतिष्पर्धी दुईवटा राखिएकोमा लेखा समितिले प्रश्न उठाएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button