सुर्खेतमा लफडा झेलेको ज्ञानेन्द्रशहीलाई नेपालगञ्जको मेयर द्वारा संरक्षण।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके। सुर्खेतमा स्थानीयसँग लफडा परेपछि नेपालगञ्ज झरेका ज्ञानेन्द्र शाहीको टोलीलाई त्यहाँ मेयर डाक्टर धवल शम्सेर राणाले स्वागत गरेका छन्। उनले ज्ञानेन्द्रलाई स्वागत गर्दै गरेको एक तस्वीर फेसबुकमा राखेका छन् । उनले फेसबुकमा राजावादीहरु एकै मञ्चमा आएको उल्लेख गरेका छन्।

ज्ञानेन्द्र शाही र उनको टोलीसँगको सामुहिक तस्वीर फेसबुकमा राख्दै मेयर राणाले अंग्रेजीमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाही र उनको टोलीलाई नेपालगञ्ज नगरपालिकामा स्वागत गर्दै उपलब्धिमुलक छलफल भयो, हिन्दूवादी, राजावादी, राष्ट्रवादी एकै मञ्चमा।’

यसअघि महामारी रोक्न गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै सुर्खेत पुगेका ज्ञानेन्द्र शाही र उनको समुह माथि शुक्रबार ह म ला भएको थियो । उनले आफुहरु माथि मध्यरातमा ह म ला गरिएको बताएका थिए । घटनामा शाहीका एक जना सहयोगी घाइते भएका थिए । शाहीले उनलाई घाइते अवस्थामा गाडीवाट वाहिर निकालेको भिडियो सार्वजनिक गरेका थिए।

उनले फेसवुक मार्फत भिडियो सहित घटना सार्वजनिक गरेका थिए । शाही लेख्छन्, आफनो ज्या नको नै माया मा’री को भिड बाट लाखौ नागरिक बचाउन लागिरहँदा पनि आफनो ज्यान बचाउन सकिएन, सतिले सरापेको देश हो भन्थे हो रहेछ अब त यो देशमा नै बस्न मन लागेन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button