सुनकोशीले बगाएर ल्याएका ३ मध्ये १ चिनियाँको पहिचान खुल्यो।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनकोसी नदीमा आएको बाढीले बगाएर ल्याएका तीन पुरुषमध्ये एक जनाको पहिचान खुलेको छ।

शव भेटिएकामध्ये एकजना चिनियाँ नागरिक रहेको प्रहरीले बताएको छ। सिचुवान चाईना घर भएका अन्दाजी ३०/३५ वर्षका नागरीकको शव रहेको सिन्धुलीका प्रहरी प्रवक्ता मनोजकुमार लामाले जानकारी दिए।

उनको नाम भने पत्ता लागेको छैन्। उनी मेलम्ची खानेपानी आयोजना सिन्धुपाल्चोकमा कार्यरत रहेकोसम्म पत्ता लागेको छ। उनको शव बुधबार जिल्लाको सुनकोसी गाउँपालिका ५ मुलकोट नजिकै सुनकोसी नदी किनारामा फेला परेको थियो।

यस्तै फिक्कल गाउँपालिका ६ रत्नावती स्थित कोसी किनारामा फेला पारिएको शव खाल्टोमा गाडीएको अवस्था भेटिएको र शव सडेका कारण पहिचान गर्नै कठिन भएको लामाले बताए।

‘उनको शव पहिचान गर्नै कठिन छ। पोष्टमार्टम समेत गर्न नसकिने भएपछि प्रहरीले अनुसन्धानको सबै काम सकेर स्थानीयको सर्जिमिनमा शव व्यवस्थापनका लागि गाउँपालिकालाई जिम्मा लगाइएको छ,’ लामाले भने।

यस्तै सुनकोसी गाउँपालिका ६ मा भेटिएको अर्को शवको भने कुनै पहिचान खुल्न सकेको छैन्। ‘बुधबार नै बाढीले बगाएर ल्याएको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याएर राखिएको भएपनि पहिचान खुल्न नसक्दा कठिन भएको छ,’ उनले थपे।

सिन्धुलीस्थित सुनकोसी नदीले बगाएर ल्याएका तिन वटै शव सिन्धुपाल्चोकमा आएको बाढीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button