सुँगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

न्यूयोर्क : सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारो`पण गरिएको छ। अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको शल्यक्रि`या सफल भएको हो।

‘ब्रेन डेड’ भएकी एक महिलामा ५४ घण्टाको प्रयासमा मिर्गौला प्रत्यारोपण गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ।

प्र`त्या`रोपण गरिएको सो मिर्गौलाले सामान्य रूपमा काम गरिरहेको शल्यक्रि`याको नेतृत्व गरेका डा. रोबर्ट मोन्टगोमेरीले बताएका छन्। उनले मिर्गौलाबाट अपेक्षाकृत पि`साब बनाएको रोयटर्सलाई बताएका छन्।

यो सफलता चिकित्सा विज्ञानमा कोसेढुङ्गा साबित हुन सक्ने बताइएको छ। यसले अङ्ग प्रत्या`रोपणमा अङ्ग अभा`वलाई पू`र्ति गर्ने विश्वास लिइएको छ।

यद्यपि यो चिकित्सा विज्ञानमा राम्रो सफलता भएपनि कतिपयले भने नैतिकताको प्रश्न पनि उठाएका छन्। अन्नपूर्ण पोस्ट बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button