सिन्धुपाल्चोकले मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुपाल्चोक, असार ४ । सिन्धुपाल्चोकले मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विवरण संकलन गर्दै २० जना बेपत्ता भएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । जिल्लाको मेलम्ची, हेलम्बुसँगै किउल, चनौटे लगायत क्षेत्रका मानिसहरु पनि बाढीमा परेर हराइरहेका छन् ।

बेपत्ता भएकाहरुको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । बाढीमा परेर अहिलेसम्म दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हराइरहेका चार जना भने सकुशल सम्पर्कमा आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button