सिन्धुपाल्चोकको मेलम्ची खाेलामा दोस्रोपटक आएकाे बाढीले २ वटा पुल र २० वटा घर बगाए(भिडियो हेर्नुस् )

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची खाेलामा दोस्रोपटक आएकाे बाढीले २ वटा पुल र २० वटा घर बगाएको छ । बाढीका कारण केही बजारहरू जाेखिममा परेका छन् ।

गतराति आएकाे बाढीले हेलम्बु गाउँपालिका- २ र ६ जाेड्ने पक्की पुल बगाएकाे छ । यस्तै हेलम्बुकाे १२ वटा पक्की र ८ वटा कच्ची घर बगाएकाे सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिएका छन् ।

बाढीकाे उच्च जाेखिममा रहेकाे हेलम्बु-४ काे ग्याल्थुम बजार र मेलम्ची नगरपालिका-६ काे सिमखेतमा रहेकाे बस्तीका सामानहरू नेपाली सेना र प्रहरीको सहयाेगमा सार्ने काम भइरहेकाे छ ।

नगर प्रमुखले बस्ती जाेगाउन चासाे नदिएका कारण मेलम्ची बजार जाेखिममा परेकाे भन्दै स्थानीयले नगर प्रमुख डम्बरबहादुर अर्यालकाे राजीनामा मागेका छन् । नगर प्रमुखविरुद्धमा नाराबाजी गर्दै स्थानीयले नगरपालिकाकाे कार्यालय घेराउ गरिरहेका थिए । बाढीले सयाैँ राेपनी खेतीयोग्य जमिनलाई बगरमा परिणत गरेकाे छ ।

मेलम्चीदेखि माथि बाँकी रहेकाे एउटा पुल पनि बाढीसँगै बगेपछि हेलम्बु गाउँपालिका सडक सम्पर्कबाट टुटेकाे छ । हेलम्बुमा रहेकाे राताे पुल बगेपछि हेलम्बुकाे वडा नं १, २, ३‚ पाँचपाेखरी गाउँपालिकाकाे- १‚ २ र मेलम्ची नगरपालिकाकाे ७, ८ र ११ बगरमा परिणत भएकाे छ । बाढीले गर्दा ती ठाउँमा यातायात पूर्ण रुपमा ठप्प भएका छन् भने खाद्यान्न ढुवानी र बिरामीलाई अस्पतालसम्म लैजान समस्या परेकाे छ ।

असार १ गते आएकाे भिषण बाढीमा परी ५ जनाकाे मृत्यु भएकाे थियाे भने अझै २० जना बेपत्ता छन् । गत असार १ काे बाढीले ५ वटा पक्की पुल र ६ वटा झुलुङ्गे पुल बगाएकाे थियाे । खाेला थुनिएर बाढी आएकाे भनिए तापनि बाढी आउनुकाे वास्तविक कारण अहिलेसम्म पत्ता लगाउन सकिएकाे छैन ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button