साफ च्याम्पियनसिप २०२१ उपाधिकाे लागि नेपाल र भारतकाे भिडन्त कसले मार्ला बाजी??

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार रातिको खेलमा माल्दिभ्सलाई ३–१ ले हराउँदै भारतले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो ।

भारतका लागि कप्तान सुनील क्षेत्रीले २ र मनवीर सिंहले १ गोल गरेका थिए । त्यस्तै माल्दिभ्सका लागि अली अस्फाकले १ गोल गरेका थिए । जितसँगै भारत ८ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ ।

बुधबारको अर्का खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो । नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेको पहिलो पटक हो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button