साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाल फाइनलमा प्रवेश

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबारको खेलमा नेपालले बंगलादेश विरुद्ध १-१ काे बराबरीमा राेक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हाे।

पहिलो हाफमा १-० ले नेपाल पछि परेका थियो । बंगलादेशका लागि खेलको ९ औं मिनेटमा सुमन रेजाले गोल गर्दै अग्रता दिलाएका हुन् ।

बुधबारको खेलमा बराबरीको नतिजाबाट नेपालले फाइनलको यात्रा तय गरे। बंगलादेशलाई भने फाइनल यात्रा तय गर्नका लागि जित्नै पर्ने दबाब रहेको थियाे। लगातार नेपालको दबाबमा रहेका बंगलादेश  डि एरिया भित्र फल गरेको कारण नेपालले पेलान्टि पाएकाे थियो।

खेलकाे ८३ ओैं मिनेटमा पाएकाे पेलान्टिलाई नेपालका लागि अन्जन विष्टले गोल गरेका हुन्।    पेनाल्टी गाेलमा परिणत गरे संगै नेपालले खेललाई बराबरीमा राखि फाईनल प्रवेशकाे बाटो तय गरेका हुन्।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र बंगलादेशबीच अहिलेसम्म सात खेल भएकोमा त्यसमध्ये नेपाल तीनमा विजयी रहेको छ भने चार खेल बंगलादेशको पक्षमा रहेको छ । त्यसमध्ये पछिल्ला तीन खेलमा नेपाल लगातार विजयी रहेको छ ।

समग्रमा नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएका छन् । त्यसमध्ये नेपालमा सातमा विजयी रहेको छ भने चार खेल बराबरीमा टुंगेका छन् । बाँकी १२ खेलमा भने बंगलादेशले जित निकालेको छ । यी दुई टिमबीचका पहिला पाँच खेलमा नेपाल दुईमा विजयी रहेको छ । यस्तै दुई खेल बराबरीमा टुंगेको छ भने एक खेलमा बंगलादेशले सफलता चुमेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button