सरकारले जनताको आँखामा छारो हाल्ने काम गर्‍योः कांग्रेस

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले जनतालाई झुक्याएर प्रतिनिधिसभा निर्वाचन जित्ने आशा गरेर बजेट ल्याएको आरोप लगाएको छ।

पदाधिकारी बैठकको निर्णयअनुसार सरकारले शनिबार ल्याएको अर्थिक वर्ष २०७८/०७९को बजेटप्रति सोमबार संसदीय दलको कार्यलय सिंहदबारमा पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा सार्वजनिक गरेको कांग्रेसले वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको जनाएको हो। हचुवाको भरमा ल्याइएको बजेटले दीर्घकालीन दायित्व थपिने र मुलुकको अर्थतन्त्रमा गम्भीर क्षति पुग्ने पनि कांग्रेसले जनाएको छ।

‘कुनै पनि आँकडा हेर्दा पार लाग्ने देखिँदैन। यसैलाई देखाएर ठगेर निर्वाचन जित्न पाइन्छ कि भनेर नयाँनयाँ नारा ल्याइएको छ,’ केन्द्रीय सदस्य एवं छायाँ सरकारका अर्थमन्त्री मीनेन्द्र रिजालले भने, ‘बजेटको आकार ठूलो छ। सामाजिक सुरक्षा भत्ता र पूर्वाधारमा गरिनेबाहेक अरू सबै खर्च दुईदेखि तीन प्रतिशत बढाएको छ।’ अनुमानित खर्च र राजस्व संकलन पनि सम्भव नरहेको भन्दै कांग्रेसले संसदलाई छलेर राजस्व र व्ययको विनियोजन गर्ने र राष्ट्रिय ऋण उठाउन प्रस्तुत गरिएको भन्दै असनतुष्टि जनाएको छ।

जनताको आँखामा छारो हाली शासन गर्ने मनोकांक्षाबाट सरकार ग्रसित रहेको भन्दै कांग्रेसले भनेको छ, ‘साढे तीन वर्षदेखिको शासनको असफलतापछि पनि हावादारी गफबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखि बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन सकेको छैन।’

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, स्वास्थ्य उपचारमा गरिएको लापरवाही, कोरोना जोखिमबारे गैरजिम्मेवार र हल्का रूपमा प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिका कारण अघिल्लो वर्ष देश, जनता र अर्थतन्त्रले निकै ठूलो क्षति व्यहोर्नु परेको उसले जनाएको छ। नागरिक दैनिकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button