सरकारलाई दीर्घकालिन असर पार्ने निर्णय नगर्न कांग्रेसको खबरदारी, देउवाले निकाले कडा विज्ञप्ती

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकरा अदालतको न्यायिक कठघरामा खडा भएको भन्दै दीर्घकालिन असर पार्ने निर्णय नगर्न खबरदारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

उनले सम्पूर्ण ध्यान कोभिड संक्रमणबाट नागरिकको जीवन रक्षामा केन्द्रित गर्न सरकारसमक्ष माग गरेका छन् विज्ञप्‍तिमा भनिएको छ-“खासगरेर कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आईसियु बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गर्दछु, देशको हरेक गाउँरनगरपालिका र वडा तहसम्म पिसिआर परीक्षणको व्यवस्था गर्नस संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्नस ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरूलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न, निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्र विन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु ।

 

खोप लगायत स्वास्थ्य सामाग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरुसँग माग गर्दछु ।”

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button