“सयौँ थुँगा फूलका हामी’’का गायक अब रहेनन्।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज कोरोनाबाट निधन भएको छ ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उहाँलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

उहाँको पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुनछ। उहाँकाका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।

छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन लिम्बूले बताउनुभायो। विसं २०६२\६३ को जनआन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो ।

यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button