सप्तरीमा गस्तीमा गएको प्रहरीकै मोटरसाइकल चो’री

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२० कात्तिक, सप्तरी । सप्तरीमा गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चो’री भएको छ । बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चो’री भएको हो ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्र’हरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चो’री भएको हो ।

बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सु’र’क्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी ख’टिएका थिए । मोटरसाइकल पार्किङ गरी प्र’ह’री कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चो’री भएको हो ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे । उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button