शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशनमा हुने शंका :राम चन्द्र पाैडेल

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको समयमै महाधिवेशन गर्ने भनेर भनेपनि अझैँ पूर्ण रुपमा विश्वस्त हुने ठाउँ नरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा साथ दिन पुगेका पौडेलले भदौ १८ गते वडा अधिवेशन सुरु गर्ने भनिएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमै अविश्वास जनाए ।

उनले भने, ‘भदौ १८ देखि वडाको चुनावको मिति तय भएको छ । सभापतिजीले चुनाव जसरी भए पनि सुरु हुन्छ भन्नुभएको छ । तर, चुनाव हुने त्यो गाँठो फुकेको छैन ।’
उनका अनुसार पार्टीमा क्रियाशील सदस्यता टुंगो नलागी चुनाव हुँदैन । क्रियाशील सदस्यको टुंगो नलागी कसरी चुनाव हुन्छ भन्दै उनले प्रश्न गरे ।

त्यो त पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेको छ । साथै, उक्त सदस्यता विवरण कम्प्युटरबाट सबैले हेर्न मिल्ने गरी बनाउनुपर्ने पनि उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button