शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पुत्ला दहन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा पुत्ला दहन गरिएको छ । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले जातीय भेदभाव तथा छुवाछुत जस्तो सरकारवादी मुद्दाका अभियुक्त छुटाउन सरकारी दलबलसहित गएको भन्दै सोमबार मन्त्री श्रेष्ठको पुत्ला दहन गरेको हो ।

समितीले बुटवलको पुष्पलाल पार्कमा शिक्षामन्त्रीको राजीनामा मागसहित जातीय भेदभावविरुद्ध प्रदर्शन गरेको अध्यक्ष हरिओम विश्वकर्माले बताए। जातका आधारमा विभेद हुने क्रम नरोकिएकाले एकीकृत आन्दोलन गर्नुपर्ने उनको भनाइ छ।

दलित समुदायमाथि भेदभाव हुँदा प्रतिकार नगरेर त्यसको बचाउमा सिंगो राज्यशक्ति लागिपरेको भन्दै उनले आफूहरु सशक्त रुपमा आन्दोलनमा उत्रन तयार रहेको जनाए। उनले ९९ प्रतिशत दलित समुदायले कोठा भाडा नपाउने समस्या रहेको भन्दै विभेदयुक्त समाज परिवर्तन गर्ने अभियानमा लाग्न अपिल गरे।
जातकै कारण कोठा भाडामा नदिएर अपमान गरेको आरोपमा घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लगेपछि देशैभर विरोध भएको छ। जातका आधारमा हुने भेदभावलाई सरकारले नै संरक्षण गरेको दलित अभियन्ताको आरोप छ।

प्रदर्शनकारीले ‘जात व्यवस्था अन्त्य गर’, ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’, ‘जात व्यवस्था बचाउने सरकार मुर्दावाद’ जस्ता नारा समेत लगाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button