वीर अस्पतालकाे अध्यक्षकै निर्देशनमा आन्दाेलित स्वास्थ्यकर्मी कुटिए

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । स्वास्थ्यकर्मी जोखिम भत्ता माग गर्दै वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको कार्यकक्षमा पुगेका स्वास्थ्यकर्मीहरुलाई प्रहरीले कुटपिट गरेको छ । कोरोना महामारीमा ‘फ्रन्ट लाइन’मा खटिएबापत सरकारले दिने भनेको जोखिम भत्ता नपाएपछि आन्दोलित बनेका स्वास्थ्यकर्मीहरुमाथि प्रहरी बोलाएर उल्टै कुटपिट गर्न लगाइएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले प्रमुखले नै प्रहरी बोलाएर आन्दोलित कर्मचारीमाथि कुटपिट गर्न लगाएको बताएका छन् । उनका अुनसार विगत आठ महिनादेखि जोखिम भत्ता र सेवा सुविधा नपाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनरत छन्।

यसबीचमा पटक पटक जोखिम भत्तालगायत सेवा सुविधा पाउनुपर्ने माग राखिए पनि माग सम्बोधन नभएको र पुनः दबाब दिनका लागि आइतबार प्रमुखकै कार्यकक्षमा स्वास्थ्यकर्मीमहरु पुगेका थिए । कार्यकक्षमा प्रमुखसँग वार्ता गर्न जाँदा प्रमुख गौतम उठेर हिँड्न लागेपछि आन्दोलित कर्मचारीले ढोका बन्द गरेर वार्ता गर्न दबाद दिएका थिए । तर, त्यहीँ बीचमा प्रमुख गौतमले प्रहरी बोलाए र ढोका खोलेर भित्र पसेको प्रहरीले कर्मचारीमाथि हातपात गरेको अध्यक्ष आचार्यले बताए।

वार्तामा प्रमुख गौतमले जे गर्न मन छ गर्न भन्दै आन्दोलित कर्मचारीहरुको माग सम्बोधन नहुने बताएका थिए । त्यसपछि कर्मचारीहरुले ढोका नै बन्द गरेर निकास नमिलेसम्म कोठाबाट बाहिर निस्कन नदिने भनेपछि उनले कसैले सुइँको नै नपाउनेगरी प्रहरी बोलाएका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button