विषालु च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी – डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

उनको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ । च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदी बहिनी बिरामी परेका छन्। उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button