विश्वभरीमै पानी जहाज बनाउने अर्डरको आधा कन्ट्रयाक कोरियाले पायो।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्वभरीमै पानी जहाज बनाउने अर्डरको आधा कन्ट्रयाक कोरियाले पायो

दक्षिण कोरियाका पानी जहाज निर्माता कम्पनीहरुले सन २०२१ को पहिलो ३ महिनामा सन २०२० भरिको भन्दा १० गुणा बढि जहाज निर्माणको अर्ड’र पाएका छन। उत्साहपूर्ण अ’र्डरले गर्दा कोरियाको पानीजहाज निर्माण उध्योगले केहि रा’हत महशुस गरेको छ।

कोरियाको मुख्य पानीजहाज निर्माण कम्पनी हेन्दे हेभि इण्डष्ट्रिज कम्पनीले १२६ वटा जहाजको लागि अर्ड’र ३ महिनामा पाएको छ। यो अ’र्डर सन २०२० मा सबै कोरियन जहाज निर्माता कम्पनीले पाएको अ’र्डरभन्दा बढि हो। पहिलो ३ महिनामा कोरियाली कम्पनीहरुले विश्वभरकै जहाज निर्माणको अ’र्डरको ५२ प्रतिशत पाउन सफल भएको छ। यो अ’र्डर अघिल्लो बर्षको तुलनमा १० प्रतिशतले बढि हो ।

गत बर्ष को’रोनाका कारण अ’र्डर खासै नपाएको कोरियाले यो बर्षको पहिलो ३ महिनामा विश्वका प्रमुख डि’लहरु पाएको छ। जनवरी देखि मार्च महिनासम्ममा कोरियाका प्रमुख ३ जहाज निर्माण कम्पनीहरुले करिब १२ बिलियन अमेरिकन डलर बराबरको अ’र्डर पाएका छन।
कोरिया सिपबिल्डिङ एण्ड अफसोर इन्जिनियरिङ कम्पनी जसअन्तर्गत हेन्दे हेभि इण्डष्ट्रिज र अरु २ वटा जहाज निर्माण कम्पनी रहेका छन, यसले ६८ वटा नयाँ अ’र्डर पाएको छ। यो अ’र्डरको मूल्य करिब ५.५ बिलियन डलर बराबर हुन आउँदछ।

यस कम्पनीले बर्षभरी अपेक्षा राखेको अ’र्डरको करिब ३७ प्रतिशत पहिलो ३ महिनामै पाइसकेको छ।
त्यसैगरी सामसङ हेभि इण्डष्ट्रिज कम्पनीले करिब ५.१ बिलियन डलर बराबरको अ’र्डर हात पार्न सफल भएको छ। देवो सिपबिल्डिङ एण्ड म्यारिन इन्जिनियरिङ कम्पनीले १.७९ बिलियन डलरको अ’र्डर पाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button