विवेकसिलका नेता थापाको ‘एकमो’ उपचार प्रक्रिया बन्द….. यस्तो छ अवस्था।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ जेठ । मेडिसिटी अस्पतालमा उपचार गराइरहेका विवेकशील पार्टीका नेता उज्वल थापाको उपचारमा अपनाइएको एकमो (ECMO) प्रक्रिया आज दिउँसोबाट बन्द गरेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थामा रहेका थापाको धेरै दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थापाको हिजोे कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । उनलाई २ हप्ता अघि कोरोना संक्रमण भएपछि ह्याम्स अस्पताल, ग्रान्डी अस्पताल लगायतका अस्पतालबाट नेपाल मेडिसिटी अस्पतालमा रेफर गरिएको थियो । थापाका परिवारले केही दिन अगाडी उपचारको क्रममा चिकित्सकहरुले सम्पुर्ण विधिहरूको प्रयोग गरिसक्दा पनि स्वास्थ्य अवस्थामा सुधार नआएको विज्ञप्तिमार्फत जानकारी दिएका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button