विकसित देशहरूमा “रङ भेद”

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युरोकप सुरु हुन केही साता मात्र बाँकी रहँदा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले फुटबलमा रंगभेदी दुर्व्यवहार अहिलेसम्मकै उच्चविन्दुुमा रहेको बताएका छन्।

बेल्जियमले शनिबार रुसविरुद्ध खेल्दै युरोकप २०२०को सुरुआत गर्दैछ। लुकाकुले आफ्नो खेल जीवनमा धेरै पटक रंगभेदी दुर्व्यवहार बेहोरेका छन्। यस क्रममा सन् २०१९ मा समर्थकले बाँदर भन्दै गिज्याएका थिए। लुकाकुले पछिल्लो समय रंगभेदी दुर्व्यवहार अझ बढेको बताएका छन्।

‘सामाजिक सञ्जालकै कारण फुटबलमा रंगभेदी दुर्व्यवहार अहिलेसम्मकै उच्च छ’, लुकाकुले भने, ‘थिएरी हेनरीजस्ता फुटबलका महान् खेलाडी सामाजिक सञ्जालबाट टाढिएका छन्। किनकिसामाजिक सञ्जालमा पटकपटक उनीमाथि दुर्व्यवहार हुँदै आएको छ।’

इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका पूर्वस्ट्राइकर थिएरी हेनरीले यसै महिनाको सुरुआतमा सामाजिक सञ्जाल बन्द गरेका थिए। हेनरी सामाजिक सञ्जालबाट अलग भएसँगै उनीमाथि भएको दुर्व्यवहारको विरोधस्वरूप इङ्लिस फुटबल क्लब र विभिन्न फुटबल संघले तीन दिन सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका थिए।

‘इमानदारिताका साथभन्नु पर्दा रंगभेदी दुर्व्यहारमा कुनै कमी आएको छैन। रंगभेदी दुर्व्यवहारका विरोधमा धेरै अभियानहरू सञ्चालनमा आए पनि त्यसले मूर्तरूप भने लिन सकेको छैन’, लुकाकुले भने, ‘इटालीमा ममाथि प्रत्यक्ष रूपमा दुर्व्यहार भयो। सिरिएले ममाथि भएको घटनाको छानबिनसमेत गरेको थियो। हामीले इटालीमा रंगभेदी दुर्व्यवहारविरुद्ध जनचेतना बढाउने काम गरेपनि सोचेअनुरूपको नतिजा भने आउन सकेन। जब जनचेतना बढ्छ, तब मानिसको मानसिकतामा परिवर्तन आउँछ। सबै लिगले यस्तै खाले जनचेतना कार्यक्रम सञ्चालनमा ल्याउनु पर्छ। क्लबले प्रत्यक्ष रूपमा खेलाडी यस्तो समस्यामा छन् वा छैनन् बुझ्न जरुरी छ।’

रोमानिया र अस्ट्रियाविरुद्धको खेल अघि इङ्ल्यान्डका खेलाडीले घुँडा टेक्दा इङ्लिस समर्थकले उनीहरूलाई गिज्याएका थिए। कोभिड–१९ महामारीका कारण एक वर्षपछि धकेलिएको युरोकप यस पटक विभिन्न ११ राष्ट्रका ११ सहरमा सञ्चालन हुनेछ। प्रतियोगिता दौरान सीमित दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति दिइने भएको छ।

‘जब युरोपियन सुपर लिग घोषणा भयो। समर्थकले सामाजिक सञ्जालमा तुरुन्तै त्यसको विरोध गरे। उनीहरू सडक प्रदर्शनमा समेत उत्रन तयार भए’, लुकाकुले भने, ‘हो म पनि सुपर लिगको विपक्षमा थिएँ। तर रंगभेदी दुर्व्यवहारको घटनाप्रति यस्तै प्रदर्शनहरू तत्काल किन गरिँदैन।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button