वामदेवलाई ओलीले भने–अबदेखि आउने/जाने नगर्नुहोला

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ असार । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । उक्त बैठकमा माधव नेपाल समूहका नेताहरु कोही पनि सहभागी भएका छैनन् । तर, उपाध्यक्ष वामदेव गौतम भने निर्धारित समयमभन्दा अगावै बालुवाटार पुगेका थिए । उनले आफूले जहिल्यैपनि एकताको पक्षमा आवाज उठाएको बताएका थिए । उनले आफू पार्टीभित्र सधैं आलोचनात्मक रुपमा हेर्ने नेताको रुपमा प्रस्तुत भएको र गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने गरेको पनि स्मरण गराए ।

नेता गौतम बोलेपछि अध्यक्ष केपी शर्मा ओलीले गौतम बैठकमा सहभागी भएकोमा खुशी व्यक्त गरे । तर, उनले गौतमलाई आउने र जाने नगर्न सुझाव दिए । पछिल्लो समय गौतमले ओली क्याम्प छोडेको र नजाने भनेका थिए । तर, उनी फेरि बैठकमा सहभागी भएकोले ओलीले आउने र जाने नगर्न सुझाव दिएका हुन् । बैठक जारी छ । अध्यक्ष ओलीले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने दाबीसमेत गरेका थिए । उनले आफूले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाएको सुनाएका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button