वर्षमानले अक्सिजन सिलिन्डरको ‘व्यापार’ गरेको आरोप

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर रोल्पा जिल्लामा स्थानीय तहलाई बेचेर ‘व्यापार’ गरेको आरोप लागेको छ । सरकारी अनुदानमा सिलिन्डर लगेर रोल्पाका स्थानीय तहलाई  बेचिरहेको आरोप उनीमाथि छ ।

वर्षमान पुनका स्वकीय सचिव सन्तोष पुनले मंगलबार फेसबुकमा निलो रङका सिलिन्डर फोटो पोस्ट गर्दै लेखेका छन्, ‘रोल्पा जिल्लामा बढ्दो कोरोना संक्रमणको नियन्त्रण र जिल्लाबासीको स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै आज जिल्ला अस्पताल र गाउँपालिकाहरूको लागि अत्यावश्यक (७६) वटा अक्सिजन सिलिन्डर वर्षमान पुन ‘अनन्त’ ज्यूको विशेष पहलमा रोल्पा पठाउनु भएको छ । पुनले पोस्टमा रोल्पाका ५ स्थानीय तहलाई १०/१० वटाका दरले, सुनिल स्मृतिलाई ८ वटा र जिल्ला अस्पताल रोल्पालाई १८ वटा सिलिन्डर पठाइएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘रोल्पाका बाँकी ३ वटा स्थानीय तहले भने आफूहरुसँग स्टक बाँकी रहेकाले आवश्यक नरहेको जानकारी गर्नुभयो ।

रोल्पाको लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले अनन्तको सचिवालय बेचेको नभई खरिद गर्नका लागि समन्वयमात्रै गरेको बताए । ‘गाउँगाउँमा अहिले अक्सिजन आवश्यक पर्‍यो । त्यसका लागि उहाँ (अनन्त)लाई पहल गर्न अनुरोध गर्‍यौं,’ उनले भने, ‘हाम्रै अनुरोधमा उहाँले पहलमात्रै गरिदिनु भएको हो । भुक्तानी गर्ने हामी नै हो ।’

गाउँपालिका अध्यक्ष खड्काले अनन्तले काठमाडौंस्थित बिध् नामक ल्याबबाट आफूहरुको नाममा १० थान अक्सिजन पठाएको जानकारी दिए । ‘बिल गाउँपालिकाको नाममा आएको छ । भुक्तानी अझै गरिसक्या छैनौं । अब भोलितिर गर्नुपर्ला !’ उनले भने । उनले सिधा भुक्तानी गर्न गाउँपालिकालाई ल्यावको खाता नम्बर पूर्वमन्त्री अनन्तले नै उपलब्ध गराइसकेको बताए ।

गाउँपालिकाको नाममा १० वटा सिलिन्डरको ढुवानीसहित २ लाख ९३ हजार रुपैयाँ बिल आएको अध्यक्ष खड्काले जानकारी दिए ।

अनन्त सचिवालयले पनि पूर्वमन्त्री पुनले पहल गरे पनि व्यापार नगरेको दाबी गरेको छ । ‘यो सरासर राजनीतिक प्रतिशोध साँध्ने हिसाबले आरोप लगाइयो । पालिकाको आग्रहमा उहाँले पहल र समन्वयमात्रै गरिदिनु भएको हो,’ सचिवालय सदस्य जीवन रोकामगरले भने ।

मगरले सरकारी अनुदानमा पाएको भनेर अनावश्यक भ्रम छर्ने खेल भइरहेको बताए । ‘अस्तिको पहिलो लटमा भने जयपुरी घर्तीले स्वास्थ्य विभागबाट पहल गरेर रोल्पा पठाउनु भएकै हो,’ उनले भने, ‘अहिले विशुद्ध स्थानीय तहले नै किनेका हुन् । अनुदानमा आएको सिलिन्डर बचेको होइन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button