लोपोन्मुख राउटे युवतीमाथि यौनहिंसाका आरोपितहरु जेल चलान। (भिडियो)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
 लोपोन्मुख राउटे समुदायका युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

बुधवार न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ।

पुर्पक्षका लागि कारागार चलान हुनेहरुमा सुर्खेत गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन रहेका छन् । पुन होटेल सञ्चालक हुन् ।

केही समयअघि उनै पुनको होटेलमा राउटे समुदायकी दुईजना युवतीलाई मदिरा खुवाएर आफू अर्धनग्न भएर भिडियो बनाएका थिए । भिडियो सामाजिक सञ्जालमासेत अपलोड भएपछि भाइरल बनेको थियो।

भिडियोमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भन्छन् । तर, ती युवाहरूले भने जबर्जस्ती बोल्न लगाएका छन्।

भिडियोमा एक जना पुरुषले एक जना राउटे युवतीलाई बहिनी र अर्कीलाई श्रीमती भनेर सम्बोधन गर्छन्। श्रीमती भनिएकी युवतीलाई उनले संवेदनशील अंगमा छोएको भिडियोमा देखिन्छ।

राउटे युवतीले पुरुषले त्यस्तो हर्कत गरेपछि प्रतिकार गर्छिन् । तर, ती पुरुषले उल्टै ओछ्यानमा पल्टेर राउटे युवतीमाथि अश्लील हर्कत गर्छन् ।

लोपोन्मुख समुदायका रुपमा परिचित फिरन्ते जीवन बिताउँदै आएका ती राउटे समुदाय सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका छन् । तर, यस घटना घटेपछि त्यहाँबाट सल्यान बसाइँ सरेका छन्।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button