लात्ती खाएका अधिवक्ता चुडाल रुँदै भन्छन्-‘राजतन्त्र नल्याइ छाड्दिन’

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लात्ती खाएका अधिवक्ता चुडाल रुँदै भन्छन्-‘राजतन्त्र नल्याइ छाड्दिन’

काठमाडौं। शुक्रबार नेपाल बार एशोसिएनसको प्रांगणमा दुई वकिलबीच लात्त हानहान भयो । भाइरल भएको भिडियोमा दुवैले लात्त हानाहान गरेको देखिन्छ । तर, पछि अधिवक्ता भूमिनन्द चुडाल कुटिन्छन्, कानुन व्यवसायी विराट न्यौपानेबाट।

कुटाइ खाएपछि चुडाल न्याय माग्न जाने धम्की दिन्छन् । मिडिया सामू चुडालले न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हालेको बताएका छन् । उनका अनुसार उनी शुक्रबार बहस गर्न आएका थिए तर, कुटाइ खाए ।सञ्चारकर्मीले कानुन व्यवसायी न्यौपानेलाई प्रश्न गर्छन्, ‘किन पिट्नुभयो ?’ न्यौपाने भन्छन्, ‘ठीक गरे।

परिसरमा हातपात गरियो, त्यसको जिम्मा म लिन्छु ।’बार परिसरभित्र हातपात गर्नुभयो अब भित्र (जेल) जानुहन्छ त भन्दै पत्रकारले प्रश्न गर्दा उनी ठीक कामका लागि गए पनि केही फरक नपर्ने बताउछन् । उनी दुवै जनाबीच हानाहान भएको पनि सुनाउँछन् । ‘पहिले त तपाईंले नै हान्रु भयाे नि ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘के फरक पर्यो र! दुवैले हानाहान गर्यो।’

यसैक्रममा बारको दैलोमा चुडाल देखिन्छन् । उनी अब राजतन्त्रविना देशमा केही हुन नसक्ने ठाकुवा गर्छन् । बारमा अति भएको पनि उनको आरोप छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राजतन्त्रको खम्बा रहेको भन्दै अधिवक्ता चुडाल राजतन्त्र नआएसम्म प्रधानन्यायाधीश जबरा रहने पनि उनी भन्छन् । उनी बार दलाल रहेको भन्दै बारबाटै अन्यायको श्रृंखला सुरु भएको आरोप लगाउछन्।

उनी आफू बारमा पिटिदा बारका पदाधिकारीहरु किन हेरेर बस्छ भन्दै प्रश्न गर्छन् । त्यसपछि उनी रुँदै भन्छन्, ‘यो कस्तो अन्याय हो ? अदालतमै कुटिदा पनि बारकाहरु के हेरेर बस्छन् ? यो अन्याय कहाँसम्म पुग्छ ? राजतन्त्र नल्याइ छोड्दै छोड्दिन।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button