ललितपुरमा जीपले ठक्कर दिँदा एकको मृत्यु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कर्णाली 24 फागुन १९गते— क्याम्पस जाने क्रममा जिप ले ठक्कर दिँदा १९ वर्षीया एक छात्राको मृत्यु भएको छ । बुधबार बिहान साढे ५ बजेतिर खोटाङ जाने यात्रु लिन बल्खुबाट एकान्तकुना आउँदै गरेको स१ज ५६७ नम्बरको जिपले कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो वर्षमा पढ्ने सिन्धुपाल्चोककी अञ्जु दाहाललाई नख्खु, बागडोलमा ठक्कर दिएको थियो ।

प्रहरीले जिप चालक खोटाङ घर भई चाबहिल बस्ने प्रविन गिरीलाई पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालेको जनाएको छ । परिसर प्रवक्ता प्रज्वल महर्जनले घटनाको सूक्ष्म अध्ययन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘प्रत्यक्षदर्शी यात्रुको बयान लिने क्रममा छौं,’ उनले भने । मृतक अञ्जुका आमाबुबा छैनन् । उनी बागडोलस्थित होस्टलमा बस्दै आइरहेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button