रुखमा डेरा हालेर अनलाइन कक्षा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनलाईन कक्षा सञ्चालनका लागि विद्यालयले सूचना जारी गर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका कक्षा १० मा अध्ययरत छात्र धनबहादुर मगर अलमलमा परे।

कोभिड–१९ को महामारीका कारण पठन–पाठन ठप्प रहेको अवस्थामा धनकुमार अध्ययनरत सरस्वती मावि अर्खौलेले साउन १८ गते सूचना जारी गर्दै अनलाईन कक्षाका लागि तयारी रहन विद्यार्थीका लागि सूचना जारी गरेको थियो।

नभन्दै विद्यालयले साउन २४ गतेदेखि अनलाईन कक्षाका माध्यमबाट पठन–पाठन सुरु गर्‍यो। तर, धनकुमारमाथि फसाद आइलाग्यो। नवलपुर सिम्लेमा मोबाईलको डाटा बल्लतल्ल कनेक्ट हुन्थ्यो। कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन।

कमजोर कनेक्सनकै कारण उनी ८/९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुन सकेनन्। साथीभाईलाई फोनमा सम्पर्क गरेर पढाइको बारेमा जानकारी लिन्थे। साथीभाईले ‘यो पढियो, त्यो पढियो, यती विषय पढियो’ भनेर सुनाउँदा उनी पढाइमा पछि परियो भनेर अतासिन्थे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button