राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा उप निर्वाचन जारी।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा उप निर्वाचन मतदान जारी रहेको छ। मुख्यमन्त्री शंकर पोख्रेलले सबैभन्दा पहिला मतदान गरेका हुन्। त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरे।

लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा उप निर्वाचनको लागि मतदान केन्द्र तोकिएको छ। निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ। प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो।  दुई जनाको प्रतिस्पर्धामा रहेको उप निर्वाचनमा साढे ९ बजेसम्म ३० जनाले मतदान गरेका छ्न्।

माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि रिक्त पदमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन हुन लागेको हो। माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका खड्का कारबाहीमा परेका थिए। खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन भएको हो।

राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा ५ जना मतदानमा सहभागी नहुने भएका हुन्। ८७ प्रदेशसभा सदस्यबाट ८३  जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१७ जनाले मत दिनेछन्। प्रदेश सभामा ८ र स्थानीय तहमा १ गरी ९ जना मतदाताको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको छैन।
लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख उपनिर्वाचनमा मतदाता हुनेछन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उप्रमुखको मतभार १८ हुन्छ। स्थानीय तहमा कुल मतभार तीन हजार ९०६ छ। प्रदेशसभामा कायम सांसदका आधारमा तीन हजार ७९२ मतभार छ। कुल मतसंख्या सात हजार ६९८ छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button