राजेन्द्र महतोको नेतृत्वमा दश मन्त्रालयसहित जसपा आजै सरकारमा सहभागी हुँदै

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष आजै सरकारमा सहभागी हुने भएको छ । ठाकुर पक्ष सरकारमा सहभागी हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्रालयसहित ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जसपाका एक नेताले पुष्टि गरे । उनकाअनुसार महतो उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री बन्ने छन् । ती नेताले आजै साँझ दुई राज्यमन्त्रीसहित १० जनाले सपथ लिने तयारी भएको पनि रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

महतोको नेतृत्वमा जसपाबाट शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, चन्दा चौधरी र विमलप्रसाद श्रीवास्तव मन्त्री बन्ने पक्कापक्की भएको छ । त्यस्तै, दुई राज्यमन्त्रीमा भने रेनुका गुरुङ र राजकुमार चौधरीको नाम चर्चामा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button