राजनैतिक कारण देश संकटमा।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दलकै कारणा देश संकटमा परेकाे बताउनुभएकाे छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल मार्फत राजनीतिक दल  र नेतृत्वको स्खलन नै देश संकटकाे प्रमुख कारण रहेको बताउनुभएको हाे ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने समेत बताउनुभएको छ । भट्टराईले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गर्नुभएको छ ।

‘भनिन्छः टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति, दल, नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भन्नुभएको छ, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु ।’

पार्टीहरू रूपान्तरण हुनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभएको छ, ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button