रक्षा बन्धनकाे दिन सर्पलाई राखी बाँधिदिदै थिए बहिनी, त्यही सर्पले डस्दा दाईलाई मृत्यु उपहार !(भिडियो सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतमा बिहारको सारण जिल्लामा एक अनौठो तर दुखदायी घट्ना घटेको छ ।

२५ वर्षिय मनमोहन नाउँ गरेका सर्प प्रेमी युवकले यो रक्षा बन्धन अनौठो तरिकामा मनाउने निर्णय गरे । उनी त्यो क्षेत्रमा सर्प समात्ने र तिनलाई सुरक्षित ठाउँमा छोड्ने कामका विगत १० बर्ष देखि निकै प्रख्यात थिए ।

त्यति मात्र नभई उनले सर्पले टोकेका मानिसहरुको जडिबुटीबाट उपचार समेत गर्दथे । रक्षा बन्धनको दिनमा उनले दुई वटा विशालु गोमन (फेटारा) सर्प समातेर ल्याए र आफ्नी बहिनीलाई तिनै सर्पलाई राखी बाँध्न लगाउँदै भिडियो बनाउन लगाएका थिए।

उनले सर्पहरुको पुच्छरमा समातेका थिए र उनकी बहिनीले राखी बाँधिदिदै थिइन् । तब अचानक एउटा सर्पले मनमोहनको देव्रे खुट्टाको औलामा टोक्यो ।

त्यसको केही समयपछि नै मनमोहनको मृत्यु हुनुपुगेको कुरा भारतिय समाचार सँस्था आजतकले जनाएको छ । उनलाई त्यसरी सर्पले टोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियो हेर्नुस्

https://youtu.be/_4xT47BMCKY

 

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button