यि युवाले बनाए मदन कृष्ण र हरिवंशको यस्तो दुरुस्तै मुर्ति, पुगेर हेर्दा झुक्किए दुबै (तस्बिरसहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेपालका चर्चित वरिष्ठ हास्यकलाकार हुन् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य । महजोडी नामले पनि चिनिएका यी दुबैको एक मुर्तिकारले दुरुस्तै मुर्ति बनाएका छन् ।

 

आफ्नो दुरुस्तै मुर्ति बनाएको थाहा पाएपछि मदन कृष्ण र हरिवंश मुर्तिकारकोमा पुगे ।

काटीकुटी ठ्याक्कै मदन बहादुर र हरिबहादुर जस्तो देखिने मुर्ती देखेर एकछिन दुबै झक्किए । आफुहरुको मुर्ती हेर्न बिकल प्रजापतीको घर पुगेको बारे हरिवंशले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले भनेका छन् – भक्तपूर कमल बिनायक निबासी बिकल प्रजापती ले मदन बहादुर र हरि बहादुरको एकदम मान्छे नै झुक्किने खालको दुईवटा मूर्ति बनाएको छ रे भनेको सुनेपछि हामी उहाँलाई भेट्न मदन दाइ र केहि साथीहरुसंग मूर्तिकार बिकल प्रजापतीको घरै पुग्यौं।

कोठा भित्र गएर हेर्दा एक छिन त हामी जिल्लै पर्यौं । ओहो !!! कस्तो काटीकुटी ठ्याक्कै मदन बहादुर र हरिबहादुर जस्तो !!! आम्मै हाम्रो टाउको कहाँबाट यहाँ पुग्यो भन्न मनलाग्ने ।

त्यो टाउको यती दुरुस्त र सक्कली देखिन्थो कि आफ्नो अनुहार बरु कता के नमिलेको नक्कली नक्कली जस्तो लागिरह्यो ।

बिकल प्रजापति जस्तो कुशल र सिध्दहस्त मूर्तिकारलाई हार्दिक धन्यबाद र बधाई दिन चाहन्छु।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button