यात्रुसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा असुली।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिएको आरोपमा आठजनालाई पक्राउ गरेको छ। यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै आठजनालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

उनका अनुसार महाशाखाले यात्रुहरू ठगिन सक्ने भन्दै विभिन्न स्थानमा विशेष टोली खटाएको थियो। उक्त टोलीले काठमाडौंबाहिर जाने यात्रुसँग तोकिएभन्दा तेब्बर बढी भाडा लिएर ठगी गर्ने छजनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल छन्।

त्यस्तै, काठमाडौंबाट उदयपुरसम्म जाने यात्रु प्रत्येकबाट ३ हजार रुपैयाँ भाडा लिएको आरोपमा कोटेश्वरबाट एकजनालाई पक्राउ गरेको हो। ट्राफिक प्रहरीका अनुसार उदयपुरका बा १६ च २१८४ नम्बरको प्राइभेट गाडी चलाउने २९ वर्षीय राकेश रसाइलीलाई पक्राउ गरेको हो।

चाबहिलबाट सोलुखुम्बु जाने यात्रुसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा असुल गरेको आरोपमा २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि पक्राउ गरेको छ । उनले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

मंगलबारदेखि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमता भएका सवारीसाधन चलाउन अनुमति दिएको छ। तर लामो दूरीका सवारीलाई अनुमति दिएको छैन।

यस्तै ट्राफिक प्रहरीले भाडामा यात्रु ओसार्ने ४७ वटा नीजि सवारी साधनहरूलाई कारवाही गरेको छ। विशेषगरी काठमाडौ उपत्यकाबाट बाहिरिने ४७ वटा प्राइभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button